बिहे गर्न जन्ती लिएर बेहुली पुगिन् बेहुलाकाे घर

0

काठमाडौं, ९ असाेज। बंगलादेशकी एक युवती जन्ती लिएरै बिवाहका लागि बेहुलाको घरमा पुगेकी छिन् । परम्परा तोड्दै १९ वर्षीया खदिजा अख्तर खुसी जन्ती लिएर विवाह गर्न दुलहाको घरमा पुगेकी हुन् ।

खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो काम गरेको बताएकी छन् । यो देशमा शताब्दिऔंदेखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन छ । खदिजाले आफ्नो विवाहको घटना भाइरल भएको केही दिन पछि बीबीसी बंगालीसँग भनिन्, ‘यदि केटाले विवाह गरेर केटी ल्याउन सक्छ भने केटीले किन गर्न सक्दिनँ ?’

खदिजाले तारिकुल इस्लामसँग विवाह गरेकी छिन् । यद्यपि, यो घटनाले कतिलाई प्रेरित गरेको छ भने कतिमा रोष पैदा गराएको छ । एक व्यक्तिले रिसाउँदै भनेका छन्, ‘दम्पत्ति र उनका परिवारलाई चप्पलले कुट्नुपर्छ ।’ खदिजा र उनका दुलहाका लागि यो निकै सामान्य कुरा थियो। उनीहरु दुबै राम्रो काम गर्नुपर्ने मान्यता राख्छन् । उनले बीबीसीसँग भनेकी छन, ‘यहाँ परम्परा मुद्दा होइन । यो महिला अधिकारको एउटा मसला हो । आज यदि एक युवतीले युवकसँग विवाह गर्न जान्छिन् भने कसैलाई केही क्षति हुँदैन ।’

उनले भनिन्, ‘यसको साटो महिलामाथि दुर्व्यवहार कम हुनेछ । कुनै पनि व्यक्ति कोही भन्दा कम वा सानो हुँदैन ।’ यी दम्पत्तिले जसरी विवाह गरे, त्यसको व्यापक विरोध हुने उनीहरुलाई राम्रोसँग थाहा थियो । यो विवाह गत शनिबार भारतको सीमामा अवस्थित एक ग्रामीण क्षेत्रमा भएको हो ।

नव दम्पत्तिले भने, ‘अदालत, मस्जिदमा विभिन्न विवाह हुन्छन् । हामी धर्म अनुसार विवाह गर्छौं ।’ उनका अनुसार त्यहाँ एक काजी र साक्षी हुन्छन् । यस्ता विवाह पंजीकरण हुन्छ । त्यो विवाहको औपचारिकता हो । हामीले ठ्याक्कै त्यस्तै गरेका छौं । उनले भने, ‘मानिसहरुले के सोच्छन्, के भन्छन, त्यो महत्वपूर्ण होइन । केही मानिसरुले भिन्न सोच्न सक्छन्, सबैका आ–आफ्नै धारणा हुन्छन् ।’ –एजेन्सी

Comments
Loading...
You might also like