चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय भएको छैन : मन्त्री बाँस्कोटा

0

काठमाडौं, ९ असोज। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले सो कुरा बताएका हुन्।

चिनियाँ राष्ट्रपति सि असोज अन्तिम साता नेपाल भ्रमणमा आउने चर्चा चलिरहेको छ। तर मन्त्री बास्कोटाले सि को नेपाल भ्रमण मिति तय नभएको र आफूहरु उनको भ्रमणको तीव्र प्रतीक्षामा रहेको बताए।

‘मिति तय भएको पनि छैन’, उनले भने, ‘उताबाट पनि हामीलाई कुनै जानकारी पनि आएको छैन। जुन दिन जानकारी प्राप्त हुन्छ, त्यही दिन हामी थाहा पाइहाल्छौं।’ उनले भ्रमण मिति समयक्रममा खुल्दै जाने बताए।

Comments
Loading...
You might also like