तालुखुइलेका लागि खुशीको खबर !

  • 206
    Shares
0

एजेन्सी। कपाल झरेर हैरान हुनेहरूका लागि एउटा खुशीको खबर छ। शोधकर्ताहरूले अब नयाँ पद्धतिबाट झरेको कपाल पुनः उमार्न सकिने प्रविधि पत्ता लगाएको दाबी गरेका छन्।

अमेरिकाको विस्कान्सिन मेडिसन यूनिर्भसिटीका प्रोफेसर जुडोङ्ग वाङले टोपीभित्र एक प्रकारको यन्त्र राखेर कपाल उमार्ने यन्त्रको विकास गरेको दाबी गरेका छन्।

शोधकर्ताहरूले टोपीभित्र पहिरन मिल्ने उपकरण बनाएको र यो उपकरणले केही साताभित्रै कपाल उम्रन थाल्ने दाबी गरेका छन्।
मुसामा सफल परीक्षण गरिएको भनिएको यो उपकरण नेपालमा भने अहिले आइपुगेको छैन।

उपकरण पहिरिएपछि टाउकोमा ऊर्जा उत्पादन हुने र त्यसले कपालको जरासम्म पुगी नउम्रिने कपाललाई समेत उम्रिन प्रेरित गर्ने आविष्कारकको दाबी छ।

यो मेसिनमा व्याट्रीलगायतका कुनै पनि विद्युतीय उपकरण जोड्न नपर्ने र टोपीको भित्री भागमा सहजै लगाउन सकिने उनीहरूको दाबी छ।

Comments
Loading...
You might also like