देशभर मौसम बदली, यस्तो छ कारण !

  • 48
    Shares
0

काठमाडौं। देशभर आंशिकदेखि मौसम सामान्य बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मंगलबार मौसममा परिवर्तन आएको पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

आउँदो २४ घण्टामा हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ।
मंसिर १० गते मंगलबार
दिउँसो : देशैभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिमी पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

मंसिर ११ गते बुधबार
दिउँसो : देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति : देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

मंसिर १२ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

Comments
Loading...
You might also like