सपथ लिएको तेस्रो दिनमै मुख्यमन्त्रीद्वारा राजीनामा

  • 23
    Shares
0

दिल्ली, १० मंसिर। महाराष्ट्रका मुख्यमन्त्री भाजपाका नेता देवेन्द्र फडणवीसले बहुमत सिद्ध गर्न नसक्ने भएपछि पदबाट राजीनामा दिएका छन्।

मंगलबार राष्ट्रवादी काँग्रेसका तर्फबाट उप-मुख्यमन्त्री अजित पवारले राजीनामा दिएपछि फडणवीसले पनि राजीनामा दिएका हुन्।

मुख्यमन्त्री तथा उप-मुख्यमन्त्रीको सपथ लिएको तेस्रो दिनमै दुवैले राजीनमा दिएका हुन्। शनिबार मात्र अजित पवारले उप-मुख्यमन्त्रीको सपथ लिएका थिए। पवार आफ्ना पार्टीका नेतासँग छलफल नै नगरी भाजपा सरकारमा समावेश भएका थिए।

तर राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवारले सरकार निर्माण प्रक्रियामाथि प्रश्न उठाएपछि त्यहाँ राजनीतिक विवाद निम्तिएको थियो।

शरदले आफ्ना भतिजा अजित राज्यको उप-मुख्यमन्त्री बन्नेबारे केही थाहा नभएको प्रतिक्रिया जनाउँदै भाजपाले सरकार बनाउनका लागि बहुमत जुटाउन नसक्ने दाबी गरेका थिए।

शरद पवारका अनुसार शिव सेना, एनसीपी र काँग्रेस मिलेर महाराष्ट्रमा सरकार बनाउने फैसला भएको थियो। तर कसैलाई खबर नगरी अजित उप-मुख्यमन्त्री बनेपछि सबै रुष्ट बनेका थिए।

महाराष्ट्रमा कुल २ सय ८८ सिटमध्ये भाजपा आफूसँग १ सय ७० विधायकको साथ भएको दाबी गर्दछ। यद्यपी राष्ट्रवादी काँग्रेसले भाजपाको दाबीलाई स्वीकार गर्दैनन्।

बीबीसीहिन्दीका अनुसार भाजपासँग १ सय ५ विधायक छ भने शिव सेनासँग ५६, राष्ट्रवादी काँग्रेस ५४, काँग्रेस ४४ तथा अन्यका २९ विकायक छन्।

Comments
Loading...
You might also like