सिस्नु पानी नेपालको प्रष्टिकरण : ‘सिम्खडा हाम्रो सदस्य नै थिएनन्’

  • 151
    Shares
0

काठमाडौं, १० कात्तिक। सिस्नुपानी नेपालले हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडा आफ्नो सदस्य नभएकोले वक्तव्यवाजी गरि काल्पनिक आरोपहरू लगाउनुको अर्थ नरहेको बताएको छ। आज एक विज्ञाप्ति जारी गर्दै सिस्नुपानी नेपालले सिंखडा आफ्नो सदस्य नभएपछि उनलाई निश्कासन गर्ने भन्ने नै नहुने जनाएको हो।

सिस्नुपानी देउसीबाट सिंखडा निस्कासन गरेको समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै सिस्नुपानी नेपालले सहकार्य गर्ने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधिका रुपमा प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी मात्र भएको विज्ञाप्तिमा अल्लेख छ। सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसीको २२ वर्षको यात्रामा सिंखडा प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य अनुशार जम्मा दुई पटक मात्र कार्यक्रममा सहभागि भएको समेत बताएको छ।

संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा भएको समेत विज्ञाप्तिमा उल्लेख छ। २०७३ र २०७४ सालमा मात्र सिंखडा देउसीमा सहभागी भएको सिस्नुपानी नेपालले जनाएको छ। त्यसपछिका कार्यक्रममा उनी सहभागि नभएको समेत विज्ञाप्ति मार्फत जानरकारी गराइएको छ।

सिस्नुपानी नेपालको प्रेस वक्तव्य

नेपाली सञ्चारमाध्यमहरूमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडालाई “माथिको दवावमा” सिस्नुपानी देउसीबाट निस्कासन गरिएको भन्ने समाचारहरू आएका सन्दर्भमा हाम्रो ध्यानाकर्शष भएको छ । यस सम्वन्धमा हामी जानकारी गराउन चाहन्छौँ, कवि शैलेन्द्रजी सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहनुभएको हुँदा उहाँलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै हुँदैन ।

सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसी आयोजना गर्न थालेको २२ वर्ष भएको र श्री सिंखडा २०७३ र २०७४ सालमा जम्मा दुईपटक मात्र हाम्रो देउसीमा सहभागी हुनुभएको हो । हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो । प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन । संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा हो ।

कवि जस्तो वौद्धिक व्यक्तिले कुनै मन्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचारप्रसार गर्नु दुखद् कुरा हो । सिंखडाजीलाई कसैको दवावमा सभागिताबाट बन्चित गरिएको होइन । सिस्नुपानी नेपाल कसैको दवाव वा प्रभावमा परेर आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होइन । निरंकुशतन्त्रका विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति– विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौँ । हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलौज, अश्लिलता, महिलाहरूप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ । हास्यव्यङ्ग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने हाम्रो अठोट छ ।

हाम्रा लाखौँ शुभचिन्तक पाठक, दर्शक, श्रोता तथा सन्चारजगतप्रति हामी सदा कृतज्ञ छौँ । धन्यवाद ।

लक्ष्मण गाम्नागे
अध्यक्ष

Comments
Loading...
You might also like