Spread the love
  • 173
  •  
  •  
  •  
  •  
    173
    Shares

भाइरल बन्दै माेटरसाइकल चलाउने याे कुकुर

0

काठमाडाैं। तिहार चलिरहेकाे बेला सामाजिक सञ्जालमा भने एउटा तस्विर भाइरल बन्दै गएकाे छ। त्याे तस्विर हाे कुकुरले माेटरसाइकल चलाएकाे।  तिहार जीवजन्तुको पूजा गरिने पर्वका रुपमा पनि चिनिन्छ । तिहारमा कागसहित घरपालुवा जनावर कुकुर, गाई र गोरुको पूजा हुन्छ ।

आइतबार मात्रै हिन्दू धर्मावलम्बीहरुले कुकुरको पूजा गरेका छन् । मानवीय जीवनको अभिन्न मित्रका रुपमा चिनिने कुकर पछिल्लो समय भने मानिसले गर्नेजस्तै गतिविधिमा पनि सरिक हुन थालेको देखिन्छ । केही समय अगाडि एउटा कुकुर मोटरसाइकको पछाडि हेल्मेट लगाएर बसेको भन्दै सामाजिक सञ्जालमा तस्विर भाइरल भएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘कुकुरले पनि ट्राफिक नियम पालना गरेको’ भनेर प्रसंसा गर्दै तस्विर शेयर गरिरहेका थिए । कुकुर र मोटरबाइकसँग जोडिएको अर्को एउटा विषय पनि अहिले आएर सामाजिक सञ्जालमा फेरि भाइरल भइरहेको छ । यसपटक भने एउटा कुकुरले मज्जाले बाइक चलाइरहेको देखिन्छ ।

क्लारा स्जेबर्ग नामको ट्वीटर ह्याण्डलबाट शेयर भएको एउटा भिडियो अहिले भाइरल भइरहेको हो । उक्त भिडियोमा एउटा कुकुरले मोटरबाइक चलाइरहेको देखिन्छ । मोटरबाइकको पछाडि २ जना व्यक्ति हेल्मेट लगाएर बसिरहेका छन् । तर, कुकुर भने बिना हेल्मेट अगाडि बसेर बाइक चलाइरहेको छ ।

यस्तो दृश्य जो कसैका लागि अनौठो लाग्ने नै भयो । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले अनौठो लाग्ने उक्त दृश्य शेयर गर्दै उक्त भिडियो देखेर आश्चर्यमा परेको बताइरहेका छन् । –एजेन्सी

 

Spread the love
  • 173
  •  
  •  
  •  
  •  
    173
    Shares
You might also like
Comments
Loading...