Spread the love
  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

५३ सेकेन्डमा पूरा हुने विश्वकै छोटो उडान

0

काठमाडौं। विश्वमा धेरै लामो र छोटो दूरीको उडान हुने गर्छ। यात्रा छिटो र सहज हुने भएकाले प्रायः जसो लामो दूरीको यात्रा गर्छन्। संसारमा यस्तो पनि उडान रहेको छ, जुन निकै छोटो समयको हुन्छ।

यो उडान स्कटल्यान्डको हो। त्यहाँको लोगानायर वेस्ट्रेबाट पापा वेस्ट्रे मार्गसम्म उडान राखिएको छ। यो स्कटल्याण्ड क्षेत्रीय एयरलाइनद्वारा सञ्चालित छ। यसले स्कटल्याण्डको उच्च भूमिदेखि टापुसम्मको यात्रा गर्दै आएको छ। यो एक यात्रुवाहक विमान हो। जसले यात्रुको सुविधाका लागि निरन्तरता दिएको छ।

उक्त विमानले उडान भरेको करीब ५३ सेकेन्डमै अवतरण गर्छ। यो संसारकै निकै छोटो दुरीको यात्रुवाहक विमानमध्ये एक हो। यस विमानको यात्रा १९६७ देखि सञ्चालनमा आएको हो। यसले निरन्तर दुईतर्फी उडान भर्दै आएको छ। यो उडान मात्र २ किलोमिटर ७ सय मिटरको दूरीको हो।

विमानले मात्र आठ जना यात्रु बोक्छ। विशेष गरी विद्यार्थी र प्राध्यापकहरु पुरातत्व विज्ञानको अनुसन्धानका लागि जाने गर्छन्। यो उडान अहिलेसम्मकै सबैभन्दा छोटो उडान रहेको छ।

Spread the love
  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares
You might also like
Comments
Loading...