प्रधानमन्त्रीलाई भेटेर फर्किए प्रचण्ड

  • 40
    Shares
0

काठमाडौं, १३ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड साँझ ६ः४० बजेतिर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए।

प्रधानमन्त्री ओली र प्रचण्डबीच केही समय कुराकानी समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। प्रचण्डसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका प्रचण्डको सचिवालयले जनाएको छ।नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारेमा चिकित्सकसँग पनि जानकारी लिएका छन्।

चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भैरहेको जानकारी गराए। प्रधानमन्त्रीलाई अझै केहीदिन अस्पतालमै राखिने जानकारी प्रचण्डलाई गराइएको छ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको अपरेशनपछि महारागंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेका छन् ।

प्रधानमन्त्री ओलीको गत मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको अपरेसन गरेका थिए।

Comments
Loading...
You might also like