‘हाम्रा पाँच गल्ती, जसले स्मरण शक्ति गुमाइदिन्छ’

  • 1.2K
    Shares
0

काठमाडौं। मानिसले जीवनमा धेरै गल्ती गर्छ। भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन। गल्ती सामान्य मानिसले मात्र होइन, बुद्धिमान तथा मेहेनती मानिसले पनि गर्छन्। तर तपाईँका गल्तीले आफ्नो दिमागमा कतिको असर गरिरहेको छ भन्ने थाहा पाउनुपर्छ।

तपाईलाई सामान्य लाग्ने आनीबानीले पनि तपाईँको दिमागलाई असर पुर्याइरहेको हुन्छ। हामीले दिनभरिमा धेरै यस्ता गल्तीहरु गर्छौँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ। यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या आउन सक्छ। ती गल्ती यस्ता छन्।

कम्तिमा पनि ७ घण्टा सुतेन भने मस्तिष्कले ठीकसँग काम गर्दैन। समय सँगसँगै उसको काम गर्ने क्षमतामा पनि कमी आउँछ। हाम्रो मस्तिष्कमा नराम्रो असर पर्छ। आजकल मानिसहरु पर्याप्त मात्रामा सुत्दैनन्। बिस्तारामा ढल्के पनि ध्यान माेवाइल वा इन्टरनेटमा हुन्छ। त्यसकाे प्रत्यक्ष असर मस्तिष्कमा पर्छ।

धेरै समयसम्म एक्लै बस्ने मानिसहरुमा अल्जाइमरको जोखिम बढ्छ। यसले मस्तिष्कमा नराम्रो असर पार्छ। यसले भविष्यमा मस्तिष्कसम्बन्धि भयानक समस्या निम्त्याउन सक्छ। शहरी जीवनशैलीका कारण मानिसहरु एक्लै हुन थालेका छन्। त्यसकाे बिकल्पमा सम्भव भएसम्म समूहमा काम गर्नु राम्राे हुन्छ।

जङ्क फुडमा एमएसजी नामक एडिटिव मिसाइएको हुन्छ। जुन मस्तिष्कको न्यूरान रिसेप्टर्सका लागि घातक हुन्छ। धेरै मात्रामा जङ्क खाना खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता समस्या हुन सक्छ। खाजा र खाना घरमै बनाएर खान सके याे समस्या समाधानमा सघाउ पुग्छ।

लगातार धेरै समयसम्म हेडफोन वा एरफोनमा ठूलो आवाजमा गीत सुन्नाले मष्तिस्कमा नराम्रो असर पार्छ। कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामानहरु अत्यधिक मात्रामा चलाउँदा पनि मस्तिष्कमा असर गर्न सक्छ। माेवाइल अत्यधिक चलाउँदा पनि त्यसकाे असर मस्तिष्कमा पर्छ।

धूमपान गर्दा हाम्रो शरीरमा केही हानिकारक केमिकलहरु प्रशारण हुन्छ। यसले रगतलाई गाढा बनाइदिन्छ र मस्तिष्कमा रगत प्रशारण कम हुन्छ। रगत सञ्चालनमा अवरोध आउँदा समग्र स्वास्थ्य अवस्थामा नै प्रभाव पर्छ। मद्यपान र लागूपदार्थ सेवनले त मस्तिष्कमा सबैभन्दा बढी असर गर्छ।

Comments
Loading...
You might also like