अपडेट : कस्ताे छ प्रधानमन्त्रीकाे स्वास्थ्य ?

kp sharma oli
  • 366
    Shares

काठमाडाैं। अस्वस्थ्य भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी अस्पताल लगिएकाे छ । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान ग्राण्डी अस्पताल लगिएकाे हाे।

चिकित्सकहरुले अहिले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य परीक्षण गरिरहेको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।  चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही असहज महसुस भएपछि अस्पतालमै राखेर आवश्यक परीक्षण गरिएको छ ।

‘सम्माननीय प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको हो, चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भएको छ, थप परीक्षण भइरहेको छ, बाहिर हल्ला फैलाइएको जस्ताे स्वास्थ्य अवस्था बिग्रिएको वा गम्भिर अस्वस्थ भएको होइन,’ प्रेस सल्लाहकार अर्यालले भने।

चिकित्सकहरुले स्वास्थ्य अवस्था सामान्य रहे पनि प्रधानमन्त्री ओलीलाई धपेडी धेरै भएको बताएका छन् । चिकित्सकले अव धपेडी कम गर्न पनि सुझाव दिएका छन् ।