एमसीसीबारे बहस भइरहेको छ, निर्णयका लागि हतार नगरौं : अग्नि सापकोटा

agni-sapkota
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ माघ। नवनिर्वाचित सभामूख अग्नि सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे निर्णयका लागि हतार गर्न नहुने बताएका छन्। एमसीसीबारे बहस भइरहेको भन्दै निर्णयका लागि हतार गर्न नहुने बताएका हुन्।

सोमबार पदभार ग्रहण गर्दै सभामूख सापकोटाले एमसीसीबारे बहस जारी रहेको बताउँदै बहस छेडिएपछि निचोडमा पुग्ने बताए। सापकोटाल भने, ‘जब बहस छेडिन्छ तब निचोड तिर पुग्छ, अध्ययन गर्दै जाउ न, अहिले किन हतार गर्नु पर्‍यो,‘बढी बल्नु मनासिव होइन। त्यो निरुपण हुँदै जान्छ।’

आफूले कार्यभार समालेसँगै अब शुरुवातदेखि नै विधेयकहरु प्रमाणिकरण, संसदमा दर्ता भएका विधेयक, संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्तावमा ध्यान दिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्