रामकृष्ण ढकालको ‘मौनतामा’ सार्वजनिक (भिडियोसहित)

maunatama geet pic
लाेकपाटी न्यूज

काठमाडौं। गायक रामकृष्ण ढकालको अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको आवाजमा रहेको ‘मौनतामा’ बोलको गीत बुधबार सार्वजनिक गरिएको हो।

डिफोर क्रिएसनबाट सार्वजनिक गीतमा दुर्गा खनालको शब्द तथा दीपक शर्माको संगीत सुन्न रहेको छ। ढकालको आवाजमा रहेको गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

भिडियोमा गायक स्वयं ढकाल र अभिनेत्री मरिष्का पोख्रेलको अभिनय देख्न सकिन्छ। शिव विकको कोरियोग्राफीमा तयार गीतको भिडियोलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। भिडियोमा कृष्ण बहादुर थापाको छाङ्ककन तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्