प्रोब्लम बेस्ड लर्निङमा जोड

लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ। विद्यार्थी आफैँले आफ्नो समस्याको समाधान आफैँले गर्न सकुन् भन्ने उद्देश्यका साथ राजधानीमा समस्यामा आधारित सिकाई विषयमा एक दिने सेमिनार भएको छ। ‘प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा नेपाल, भारत, भुटान, नेदरल्यान्ड्स, लिथुआनिया र फिनल्यान्डका १० वटा विश्वविद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो।

सेमिनारमा नेपालबाट काठमाडौँ विश्वविद्यालय, सगरमाथा इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको सहभागिता रहेको थियो। सेमिनारमा भारतबाट मुम्बईको आइआइटी, बैंगलोरको आइआइसी, फिनल्यान्डको अल्टो युनिभर्सिटी, नेदरल्यान्डको टियु डेल्ट विश्वविद्यालय, लिथुआनियाको केटियु र भुटानको रोयल विश्वविद्यालयका विज्ञहरूको सहभागिता थियो।

प्रत्येक देशका विश्वविद्यालयका विज्ञहरूले आफ्नो देशको शिक्षण सिकाइ प्रविधिबारे अनुभव आदानप्रदान गरेका थिए। विद्यार्थीले किताबी ज्ञानभन्दा पनि वास्तविक समस्यामा आधारित ‘प्रोजेक्ट वर्क’ गर्दा राज्यलाई समेत सहयोग मिल्ने कार्यक्रममा सहभागीहरुले बताए।

शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले सेमिनारले विद्यार्थीलाई प्राज्ञिक प्रशिक्षणको चुनौतीलाई वास्तविकतासँग जोड्न सकिने बताए। उनले विद्यार्थीले समस्यामै आधारित भएर कार्ययोजना सम्पन्न गरे आलोचनात्मक र व्यवस्थित विचार विकास गर्ने र यसबाट उनीहरू स्थलगत कार्य पद्धति बनाउन सक्ने सक्षम हुने बताए। सेमिनारमा सहभागी सबै देशका विश्वविद्यालयका विज्ञहरूले समस्यामा आधारित शिक्षण सिकाइबारे प्रस्तुति गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्