काठमाडौं, १६ पुस। अभिनेता राजेश हमालले पर्यटन वर्षको शुरुवात गरेका छन्। ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता राजेश हमालले पर्यटन वर्षको शुरुवात गरेका हुन्।
नेपाल सरकारले चासोका साथ लिएको नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजनाअनुरुप अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो।उद्घाटन समारोहमा बोल्दै अभिनेता हमालले सबै नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए। उनले भने, ‘नेपाली दिदीबैनी दाजुभाइहरुलाई अङ्ग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।’
उनले पर्यटन वर्षलाई प्रवद्र्धन गरेका थिए । उनले नेपालको प्रकृति र वन्यजन्तु विश्वको आर्कषण भएको बताए। उनले भने, ‘हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ ।’ उनले उपस्थित दर्शकलाई प्रश्न गरे – तपाईंहरु पनि विश्वलाई नेपालमा स्वागत गर्न तयार हुनुहुन्छ ? हमालको प्रश्नपछि दर्शकले हुटिङ गरेका थिए। सन् २०२० लाई सरकारले भ्रमण वर्ष २०२० का रुपमा मनाउँदैछ । सरकारले यस वर्ष मात्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।