मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला। मनमा सङ्का उत्पन्न हुनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। प्रेममा मनमुटाव रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा सुधार आउनेछ। अचल सम्पत्ती हात पर्ने योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार,व्यवसायमा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। कार्यमा सफलता पाईनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। जोश जाँगर र हिम्मत वढ्नेछ। अरुको मन जित्न सकिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। शिक्षामा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ। कार्य क्षेत्रमा प्रगती हुनेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। बाहन सुख मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निर्णय कार्यान्वयन हुन सक्दैनन्। आफ्नो विचार विपरित निर्णय हुनेछ। नजिकका व्यक्तिबाट काममा बाधा आउला। आत्मबलमा कमी आउनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) आज एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समाज सेवा गरे लोकमा प्रसिद्ध भईनेछ। स्वास्थ्यमा सुधार आउला। तिर्थाटनको योगछ। आफन्तसँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला। वैदेशिक यात्राको योग छ। पारिवारिक सद्भाव बढ्नेछ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।