स्याङजा, १७ पुस। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाले श्रब्य दृश्यसहितको गिति सामाग्री चिनारी सार्वजनिक गरेको छ। नगरपालिकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थललाई समावेश गरी बनाइएको गिति सामाग्रीको प्रतिनिधीसभा सदस्य नारायण मरासीनीले लोकार्पण गरेका हुन्।
लोकार्पण गर्दै सदस्य मरासीनीले पुतलीबजारको पहिचान बोकेको यस्ता सामाग्रीले नगरको विकासका लागि सहयोगी बन्नेमा जोड दिँदै भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक रहने बताए। कार्यक्रमा नगर उपप्रमूख महेश पुरीले गिति एलब्मले गीत संगीतका माध्यमबाट समग्र पुतली बजारलाई चिनाउन सफल भएकोले सर्जकप्रति आभार गरे।
पुतलीबजार नगरप्रमूख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख प्रशासकिय अधिकृकत रुद्रबहादु मल्लले स्वागत एवं योजना शाखा प्रमूख ताराचन्द्र ढकालले कार्यक्रम सञ्चालन गरेका थिए। उक्त रचना निर्माण गर्नका लागि शाखा प्रमूख ढकालको विशेष योगदानसमेत रहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनका आग्रह गरे।
गिति सामाग्रीमा लोक गायक लोकनाथ सापकोटा र तारा पौडेलको लय रहेको छ भने पुतलीबजार नगरपालिकाका विभिन्न ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको साक्षात्कार गराइएको छ। पुतलिबजार नगरपालिकाका पर्यटकीय स्थानहरुमा कम्तिमा पनि एक पटक पुग्न अनुरोध गरिएको कुरा सकारात्मक रहेको नेपाल सरकारका उपसचिव माधब लम्सालले बताए। गिति सामाग्री पुतलीबजार नगरपालिकाले निर्माण गरेको हो।