कश्मीर भिडन्तमा गोरखाका थापा मगरको मृत्यु

arjun
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा एक नेपालीको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर रहेका छन्। जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो।

तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले खबर लेखेको छ। समाचार अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए।

घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । थापा मगरको स्थायी ठेगाना गोरखा भएको उनले बताएका छन्। सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ  उनी भारतीय नागरिक हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्