कैलाली, १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार प्रेसको विकासमा लागिरहेको बताएका छन्। उनले सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै यसले सञ्चार माध्यमलाईनै फाइदा पुग्ने बताए।
पत्रकार महासंघ कैलाली शाखाको बिहीबार भवन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले आफू चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको नभई मर्या्दित प्रेस र प्रेस स्वतन्त्रताका लागि काम गरिरहेको बताए। सञ्चारमन्त्री बाँस्कोटाले कुण्ठित मानसिकता भएकाहरुले मात्र आफूलाई प्रेस स्वतन्त्रता विरोधीका रूपमा चित्रण गरेको उनको भनाई थियो।