बाजुरा दुर्घटना अपडेट, मृतकको संख्या पाँच पुग्यो

jip durghatna
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस। बाजुराको हिमाली गाउँपालिकामा जीप कर्णाली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक बेपत्ता भएका थिए। बेपत्ताको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो। भाटका अनुसार दुर्घटनामा चार जना घाइते छन्।

दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा दुई जना मुगु मुगुकर्मारोक गाउँपालिका ८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामा छन्। यस्तै, बाजुरा बुढीनन्दा नगरपालिका ६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी सामान्य घाइते छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्