सामसुङले बजारमा ल्यायो फाइब जी चल्ने फोन

Samsung
लाेकपाटी न्यूज

एजेन्सी। स्मार्टफोन उत्पादनमा विश्वका ठूला ब्राण्डभित्र पर्ने सामसुङले सन् २०१९ मा फाइब जी चल्ने ६७ लाख फोन बिक्री गरेको जनाएको छ। यसभित्र ‘ग्यालेक्सी एस १० फाइभ जी र ग्यालेक्सी नोट टेन प्लस फाइभ जी रहेका छन्।

सामान्य स्मार्ट मोबाइलमा फाइभ जी चल्दैन। विश्व बजारमा फाइभ जी मोबाइलका लागि यो राम्रो संकेत देखिएको कम्पनीले जनाएको छ। कम्पनीले बेचेको संख्या हालको कूल फाइभ जी बजारको ५३.९ प्रतिशत हुने सामसुङको दाबी छ।

फाइब जी मोबाइलले अपेक्षाभन्दा राम्रो बजार पाएको कम्पनीले जनाएको छ। स्मार्टमोबाइलका लागि यो संख्या ठूलो हैन। चीन, अमेरिका, कोरियालगायतका केही देशमा मात्रै फाइब जी सञ्चालित छ। जसकारण कम्पनीले सन् २०१९ मा ४० लाख मात्रै फाइभ जी मोबाइल बेचिने अपेक्षा राखेको थियो।

नयाँ वर्ष सन् २०२० लाई फाइभ जी विस्तार र फाइभ जी स्मार्टफोनको ठूलो व्यवसायिक वर्षका रुपमा हेरिएको छ। फाइभ जीको विस्तारसँगै स्मार्टफोनको बजार माथि लाग्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्