‘क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ’

buddha
लाेकपाटी न्यूज

एजेन्सी। बौद्ध धर्मका संस्थापक गौतब बुद्धको जीवनका थुप्रै प्रेरक प्रसंग छन् जसमा सुखी जीवनको सूत्र लुकेका छन्। यी सूत्र जीवनमा अपनाउँदा हाम्रा समस्या समाप्त हुनसक्छन्। यहाँ एउटा यस्तो प्रसंगबारे कुरा गरिएको छ जसमा एक व्यक्तिले उनको अपमान गरेका थिए। यदि कोही व्यक्तिले हाम्रो अपमान गरेको खण्डमा हामीले कस्ता कुरा याद राख्ने भनेर यो प्रसंगमार्फत् पाठ सिकाइएको छ।

प्रचलित कथा अनुसार भगवान बुद्ध कुनै गाउँमा उपदेश दिइरहेका थिए। आफ्नो उपदेशमा बुद्धले भनिरहेका थिए, ‘क्रोध यस्तो अग्नी हो जसले क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ।’ त्यतिबेला प्रवचन सुनिरहेका मानिसमध्ये अत्यधिक रिसाहा एक व्यक्ति पनि बसिरहेका थिए।

उनलाई यो कुरा मन परेन। उनी अचानक उठे र बुद्धलाई पाखण्डी भन्न थाले। उनले रिसाउँदै बुद्धलाई भने, ‘बुद्ध तिमी पाखण्डी हौ। ठूल्ठूला कुरा गर्नु नै तिम्रो काम हो। तिमीले मानिसलाई भ्रममा पारिरहेको छौं। तिम्रो यो कुरा आजको समयमा कुनै महत्वको छैन।’

ती व्यक्तिले बुद्धलाई अपमानजनक कुरा सुनाइरहेका थिए। त्यहाँ बसेका सबै मानिसहरु बुद्धले निकै शान्तपूर्वक उनको गाली सुनिरहेको देखेर छक्क परिरहेका थिए। रिसाएका ती व्यक्ति बुद्धलाई शान्त देखेर झन् रिसाए। उनी बुद्धको आगडि गए र उनको मुखमा थुकेर त्यहाँबाट निस्किए।

घर पुगेपछि रिसाएका व्यक्तिको मन शान्त हुँदा उनलाई आफ्नो कृत्यको ठूलो पछुतो भयो। उनी बुद्धसँग क्षमायाचना गर्न पुगे तर त्यो गाउँबाट बुद्ध छिमेकी गाउँ जान निस्किसकेका थिए। ती व्यक्ति बुद्धलाई खोज्दै अर्को गाउँमा पुगे। त्यहाँ ती व्यक्तिले बुद्धलाई देख्ने बित्तिकै उनको गोडा ढोग्दै उनीसँग क्षमा माग्न थाले।

बुद्धले भने, ‘तिमी को हौ र मसँग किन क्षमा मागिरहेको छौ ?’ ती व्यक्तिले भने, ‘तपाईंले बिर्सनुभयो ? मैले हिजो तपाईंमाथि दुर्व्यवहार गरेको थिएँ। तपाईंको अपमान गरेको थिएँ।’

बुद्धले भने, ‘हिजोको कुरा त मैले त्यहाँ नै छोडेर आइसकेको छु र तिमी भने त्यहाँ नै रोकिएको छौं ? तिमीलाई गल्तीमाथि पछुतो छ र तिमीले पश्चाताप गर्यौ। अब तिमी पापरहित भयौ। नराम्रो कुरा याद गरिराख्दा हाम्रो आज बर्बाद हुन्छ। यो बानीका कारण भविष्य बिग्रन सक्छ। त्यसकारण बितिसकेको कुरालाई बिर्सिएर अघि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्