स्याङ्जा, १८ पुस। स्याङ्जामा ६ दिने सहकारी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। विभिन्न प्रकृतिका सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुलाई पुतलीबजार नगरपालिकाको आयोजनामा नगरपालिकाको कार्यालयमा सहकारी व्यवस्थापन सम्बन्धी तालिम दिइएको हो।
तालिममा प्रमूख प्रशासकिय अधिकृत रूद्र बहादुर मल्ल, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत तथा सहकारी संघका देवेन्द्र श्रेष्ठ, प्रशासन योजना अनुगमन अधिकृत ताराचन्द्र ढकाल, अधिकृत धनप्रसाद कोइराला, कपिल गिरी, विष्णु प्रसाद ढकाल लगायतले व्यवस्थापन, सुशासन, सकारात्मक सोच, कानूनी व्यवस्था, बैठक व्यवस्थापन, लगानी, जोखिम, खाता व्यवस्थापन लगायतका विषयमा सहजिकरण गरेको कार्यक्रममा नगरपाललिका भित्रका विभिन्न २६ वटा सहकारी संस्थाका व्यवस्थापकहरूको सहभगिता रहेको थियो।
समापन कर्यक्रममा बलराम सुवेदी, जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, आर्थिक विकास समिति संयोजक बाबुकाजी जिटी, निमित्त प्रमूख प्रशाकीय अधिकृत ताराचन्द्र ढकाल र महेश पुरी लगायतले मन्तव्य राखेको कार्यक्रम आर्थिक विकास शाखाका अधिकृत विष्णु प्रसाद ढकालले सञ्चालन गरेका थिए।