समाज विकासका निम्ति सबैभन्दा शक्तिशाली जीवनतत्व भनेकै मानिसको निम्ति जीवनोपयोगी पोषणको निम्ति गरिने उत्पादन वितरण र विनिमय नै हो। यसै तत्वका आधारमा पहिला साम्य संघको निर्माण भएको थियो। यसैले परिवर्तित कालमा नयाँ खालको विकासशील वर्ण समाजको जन्म भएको थियो।
एकपटक पशुहरूको चाराको लागि भनेर गरिएको खेतीबाट मानिसको लागि पनि खान सकिने अन्त उत्पादन हुन थाल्यो। यसरी आदिम साम्य संघका पासमा एउटा गतिलो उत्पादनका साधनको रूपमा खेतीयोग्य जमिन हात लाग्यो। खेतीको विकासको साथै घरेलु शिल्पकारिताको पनि विकास भैसकेको थियो। एउटै व्यक्तिले गर्न असम्भव भएपछि सामाजिक श्रम विभाजन देखा पर्यो । प्राचीनकालमा सबभन्दा उपयोगी बस्तु मुद्राको रूप पशु थियो।
अब बस्तु विनिमयको साधन बहुमूल्य धातुहरूले लिए समाजमा वर्णहरूको उत्पत्ति भएपछिको श्रम विभाजनले उत्पादनमा सामूहिकता भन्ने कुरा नास भयो। पहिले सार्वजनिक यज्ञको पद्धतिको आधारमा सार्वजनिक अग्निका वरिपरि बसेर उत्पादन र उपभोग गरिन्थ्यो। अब त्यसका ठाउँमा छुट्टाछुट्टै गृहअग्नीको निर्माण हुन थाल्यो साम्य संघको महाअग्नी जसलाई “त्रेताग्नी” भनिन्थ्यो। त्यो अग्नि अब गृह अग्निका रूपमा विभाजित भयो। उत्पादनमा सामूहिकता नष्ट भएपछि उपभोग र नियन्त्रणमा पनि सामुहिकता नष्ट हुँदै गयो। आदिम साम्य संघको गर्भमा नीजि सम्पत्तिको अस्तित्व कायम हुन थाल्यो।
आदिम साम्य संघ सर्वप्रथम दुई भागमा विभाजित भयो, धनी वर्ग र निर्धन वर्ग। यो नै शोषक वर्ग र शोषित वर्ग पनि भयो । वर्ग विभाजनको तीब्रता बढ्दै गएपछि यो नै मालिक र दास वर्गमा विभाजित भयो। विकसित हुँदै गैरहेको आदिम साम्य संघमा जब आन्तरिक श्रम विभाजन तीब्र रूपमा बाध्यकारी बन्न पुगेको थियो, त्यस अवस्थामा युद्ध परिचालन गर्नु र सुरक्षाको काममा खटिनु दुई अलग अलग कामहरू अनिवार्य रूपमा देखा परे। यी कामहरू खासगरी चुनिएका सक्षम मानिसहरूको जिम्मामा आइपर्यो। यिनै युद्ध परिचालन कर्ता र सुरक्षादाता अधिकारीहरू नै “क्षत्र” र सामाजिक आर्थिक विधिका चेष्टाहरूलाई गति प्रदान गर्ने व्यक्तिहरू “ब्राम्हण” भनिन थाले।
यी कामहरू केही मानिसहरूको जसको ठूलो संख्या थियो, उनीहरूले अरू सबै उत्पादनका काम गर्नुपर्ने भयो। एउटै साम्य संघ तीब्रताका साथ विस्फोटको अवथातर्फ गइरहेको थियो। जब श्रम विभाजन र विनिमयमा तीब्रता आउन थाल्यो । निजी सम्पत्तिको एकत्रीकरणमा झन बृद्धि भयाे। शोषक तथा शोषित वर्गको उत्पत्तिका साथै तिनीहरूमा तीब्र विराध हुनु उत्पन्न हुनु पनि एउटा स्वभाविक नियम बन्यो। आदिम साम्य संघको विघटनको अवस्था परिपक्व बन्यो।
गणयुद्ध परिचालित भएका अवस्थामा बस्तुहरूको संकलन र विनिमयको काम “क्षत्र” वा क्षेत्रीको र ब्राम्हणको हुने गर्दथ्यो। गणयुद्धमा पराजित भएर पक्डिएका युद्ध बन्दीहरू र उनीहरूका सम्पत्तिहरू तिनीहरूकै पासमा ल्याइन्थ्यो र तिनीहरूकै खटनपटन अनुसार अरूमा वितरण गरिन्थ्यो। त्यसकारण पनि व्यापार, विनिमय र धनको विस्तार पनि उनीहरूबाटै सम्पन्न भइरह्यो। बहुमुल्य मानिने सुनले धनको रूप लिएपछि सम्पत्ति एकतृत गर्न सजिलो भएर पशु धन, अन्न धन र धातु धनका अहंकारयुक्त अधिकारी बन्न पुगे। पछि गएर तिनीहरूकै दासहरूका पनि मालिक भै अधिकार जमाए। शोषक धनीहरू र शोषित गरिबहरूमा पनि व्यापक मात्रामा भिन्नता भयो। धनिहरू धेरेजसो ब्राम्हण र क्षेत्रीहरू भएपनि तिनीहरू मध्येका वैश्य र शुद्रका पंक्तिमा पनि पर्दथे। दास प्रथापछि मात्र शुद्र वर्णका तीब्र रूपमा उत्पत्ति भएको हो।
दास प्रथाको आरम्भमा तीन वर्णको उदय भयो। जहिलेदेखि मानिसले उत्पादिन वस्तुहरूको विनिमय आरम्भ गर्यो। त्यतिखेर देखिनै मानिस स्वयंको पनि विनिमय भयो। पशुपालन खेती र सानो मात्राको घरेलु शिल्पकारिता आदिको अलग अलग विभागहरूले गर्दा उत्पादनमा बृद्धि भयो। आवश्यकता भन्दा बढी उत्पादन गर्ने क्षमताको पनि विकास गरायो। गण संघ परिवार परिवारमा विभाजन भएको जाति भएर प्रत्येक दिनका लागि श्रमको समय र मात्रामा पनि बृद्धि भयो। श्रम शक्तिलाई काममा लगाउन पनि अति आवश्यक भइसकेको थियो। श्रम शक्ति गणयुद्धबाट पराजित भएकाहरूबाट प्राप्त हुन्थ्यो। धन सम्पत्तिमा पनि व्यापक बृद्धि भयो। उत्पादनका क्षेत्रहरूको पनि व्यापक विस्तार भयो।
यसरी भएको श्रम विभाजनले दास व्यवस्था हुनु अत्यन्त अनिवार्य थियो। श्रम विभाजनमा दास र मालिक अथवा शोषक र शोषित वर्ग नै थिए। आर्यहरूको सामाजिक संगठनमा परिाजितहरूलाई चाथो वर्ण अथवा दास र शुद्राका रूपमा ग्रहण गरियो। आरम्भमा दासताले पितृसत्ता अन्तर्गत रहेर काम गर्न पर्दथ्यो। यस अन्तर्गत दासदासीहरू, उनका छोराछोरीहरूसँग सँगै बसेर, गृहपतिका अधिनमा रहेर काम गर्दथे। व्यापार र गृहपतिका अधिनमा रहेर काम गर्दथे। व्यापार विनिमयका वास्तुमा व्यापक बृद्धि भएपछि उत्पादन बढाउनका लागि दासहरूलाई कठोरताका साथ उत्पादन कार्यमा लगाइन्थ्यो। त्यस अवस्थामा दासताको पितृ सत्तात्मक स्वरूप समाप्त भए दारूण अत्याचार गर्ने र स्वामीहरूले धन एकीकृत गर्ने लालसा तीब्र हुँदै गयो।
श्रम विभाजनले गर्दा उत्पादन र उत्पादक दुवैको उन्नति हुन सक्दथ्यो । समाज जव वर्णमा विभाजित भयो, त्यसैको कारण वर्गसंघर्ष या वर्णमा विभाजित भयो, त्यसैको कारण वर्गसंघर्ष या वर्णसंघर्ष पनि शुरू भयो। अवको परिस्थितिमा गण लोकतन्त्रबादले वर्णहरूलाई आफ्नो आफ्नो कर्म क्षेत्रहरूलाई विकसित पाने, आफ्नो परिश्रमको फल आफैले उपयोग गर्न सक्ने आज्ञा प्रदान गर्यो। प्राचीन सत्य र त्रेता युगमा वर्णको कुनै आवश्यकता र अस्तित्व थिएन। सार्वजनिक क्रियाकलापमा र मानिसका क्रियाशीलतामा बृद्धि भएर समाज वर्णमा विभाजित भयो।
थोरै मानिसहरूमा वैभव एकतृत हुन पुग्यो भने बहुसंख्यक मानिसहरूमा दरिद्राता कायम भयो। यज्ञ उत्पादकका सञ्चालकहरू या ब्राम्हणहरू नै सामाजिक र आर्थिक व्यवस्थाका नेता भए। सञ्चालन गर्ने विधि जानेको हुनाले त्यो शक्तिद्वारा आफूहरूले फाइदा उठाए। “क्षेत्र” भनिएका युद्ध सरदारहरूले पनि त्यसै गरे। वैष्य र शुद्रहरू मिलेर दरिद्रताको सामना गर्दथे। उत्पादन र विनिमयका काममा कठोर परिश्रम तिनीहरूले मात्र गर्दथे। निजी सम्पत्ति, विशेष अधिकार र धनी हुने कामका विरूद्ध र सामूहिक सम्पत्तिको पक्षमा आफ्ना असन्तोषहरू प्रकट गर्दै रहे।
पुरानो यज्ञ पद्धति र साम्य संघमा कोहीले अन्न, धन संचय गर्ने र कोही भोकभोकै मर्नुपर्ने अवस्था थिएन। प्राचीनकालमा इन्द्रले ढुंगा र हाडका हतियारले युद्ध गथे। उनीहरू चरिचरन, बस्ती र पानीमाथि विजय प्राप्त गर्दथे। ती दिनहरूमा सानासाना गणहरू ढुंगाले बारेका घरहरूमा बस्दथे। एउटा सार्वजनिक अग्निको वरिपरि बस्दथे। गण कि आमाले सबैलाई खाना बाँड्ने गर्थिन । सबैले एकसाथ प्रशन्नता व्यक्त गर्थे। तर अहिलेको नयाँ शक्तिले मानिसको पुरै जीवनभर परिश्रम गर्ने क्षमतालाई पराधीन पारिदियो।
यो नयाँ शक्तिले अर्कालाई खान दिने वा नदिने भन्ने कुराको फैसला गर्न सक्दथ्यो। नयाँ वर्ग शोषण र शोषितका बीचको भेद, वर्ग विरोधको सृष्टि र वर्गसंघर्षको शुत्रपात थियो। विशाला संख्याका वैष्य र शुद्रले मिलेर गरेको उत्पादन आपसमा झगडा गर्ने ब्राम्हण र क्षेत्री दुवै मिलेर उत्पादकलाई शोषण गर्न एक हुन्थे। आर्य जातिको गतकालको सामूहिक उत्पादन र सामूहिक वितरणको व्यवस्थालाइृ जवरजस्ती गिराएर नष्ट पारिसकिएको थियो। धनी र गरिबहरूबीचको संघर्ष र आदिम साम्य संघको विभाजन तीब्र रूपमा भइरहेको थियो।
एउटा वर्गले उत्पादन गर्दथ्यो भने अर्को वर्गले उत्पादकहरूबाट अतिरिक्त उत्पादन ग्रहण गर्दथ्यो र त्यसपछि आफ्नो नियन्त्रण कायम राख्दथ्यो। शोषितहरूले शोषकहरूका सामुन्य आत्मसमर्पण गर्नुपर्दथ्यो। या युद्धको चुनौतीलाई स्वीकार गर्नु पर्दथ्यो। यी दुई वर्गका बीच सम्झौताको सम्भावना बाँकी थिएन। साम्य संघभित्र गृहयुद्ध, वर्गयुद्ध या वर्णयुद्धका निम्ति कुनै ठाउँ थिएन। व्यक्तिगत सम्पत्ति उदयका साथ शोषणको प्रक्रिया शुरू भयो। यो सबै प्राचीन साम्य संघको उत्पादक शक्तिमा क्रान्तिकारी परिवर्तन भएको हो। नयाँ खालको उत्पदक शक्तिले नयाँ खालको उत्पादन सम्बन्धलाई जन्म दिएको हो।
नयाँ उत्पादक शक्तिको मुख्य स्वरूप निजी सम्पत्तिको दासत्व थियो। नयाँ व्यवस्थाका आधारमा पितृसत्तात्मक निजी परिवारमा पिताको वर्चश्व र सम्पत्तिमा उत्तराधिकार जस्ता पितृसत्तात्मक परम्पराका नयाँ सम्बन्धहरू र अनेकौं खालका विचार एवं निष्कषहरूको उदय भयो। गण र गोत्रको एकता र समानतालाई नयाँ खालको निजी परिवारमा वर्गसंघर्षको विकासले छिन्नभिन्न पारिदियो। पराजित शत्रुपक्षलाई दास बनाउने काममा साथै नारीको स्वाधिनता पनि समाप्त भयो। केही समय पछि स्वाभिमानी एवं स्वाधीन आर्यहरूले वैश्यलाई पनि बाँधेर बजारमा बेच्नका लागि उभ्याइदिए।
गोठाले जीवन बिताउने पुरानो अवस्था रहन सकेन। नारी जातिको प्रभुसत्तालाई समाप्त पारेर आफ्नो प्रभूत्वको सत्ता स्थापित गर्यो। पुरूष घरको पनि मुख्य व्यक्ति बन्यो नारी उस कि आश्रिता बनी। पुरूषद्वारा नै जीवनका आवश्यकता पूरा गर्ने परिश्रमका सामु घरेलु श्रमको प्रमुखता स्वतः नष्ट भयो। घरेलु श्रम निर्मूल्य सावित भयो। युग्म विवाहको प्रथा नष्ट भएर एक निष्ट विवाहमा परिवर्तित भयो। गण समुदायका निम्ति घातक भएपनि एउटा परिवार नै शक्तिका रूपमा परिवर्तित भएको थियो। आमाका आधारमा गोत्रको परिचय दिने कुरा क्रमशः हराउँदै गोत्रका सन्तानहरूको परिचय पीता र पुत्रका परम्पराका आधारमा हुन थाल्यो। आफ्नो वंशका सदस्यहरू बाहेक अन्तबाट ल्याइएकाहरू दासका रूपमा सामेल गरिए। वस्तुको व्यापार गर्नेहरू पनि मूल गोत्रमा सामेल भए।
आर्यजनहरूका यता उति तितर वितर भएका आफनतहरूको एकीकरण भएपछि “प्रवर” हरूको जन्म भयो। प्रवरहरूको निर्माणको मुख्य कारण एकनिष्ट विवाह, पितृसत्ता र व्यक्तिगत सम्पत्तिको नयाँ व्यवस्थामा पुरानो मृत साम्य संघको खरानीलाई आफूसँग लिएर हिंडे जस्तै थियो। युनानीहरूका पासमा पनि गोत्रहरू थिए। बालककाल देखिनै सिकेको आफ्नो गोत्रका प्रचलनको ज्ञान एकनिष्ट परिवारमा जाँदासाथ विलुदा हुन्थ्यो। गणसंघद्वारा जुन वंश वृक्षको रचना गरिन्थ्यो। त्यसका सामुन्य निजी परिवार निकै तुच्छ देखिन्थ्यो। तर गणहरूको वंशक्रम खोज्दै जाँदा आफ्नाबीचको वर्तमान सम्बन्ध पुष्टि गर्न सकेनन्।