राजपाले टुंगायो राष्ट्रियसभा उम्मेदवार

लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपासँग तालमेल गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि उम्मेदवारको टुङ्गो लगाएको छ।

आज पार्टी कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार तय गरेको हो।

राजपाले राष्ट्रिय सभा सदस्यको लागि मृगेन्द्र सिंह यादव र शेखर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताए।

१८ जना राष्ट्रिय सभा सदस्यका लागि ९ माघमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि २० पुसमा निर्वाचनमा आयोगमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन तालिका आयोगले यसअघि नै प्रकाशित गरिसकेको छ।