सिड्नी, १९ पुस। अस्ट्रेलियामा दुई नेपालीको मृत्यु भएको छ। सिड्नीको उत्तरी क्षेत्रमामा रहेको हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
उनको अवस्था चिन्ताजनक रहेको प्रहरीलाई उद्धृत गर्दै अस्ट्रेलियाली समाचार संस्था सेभेन न्यूजले जनाएको छ। न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजे बरारा न्यासनल पार्क्स्थित नदीमा पौडी खेल्न गएका तीन जना बेपत्ता भएको खबरपाएसँगै आपतकालीन उद्धारकर्ताहरु खटिए।
उद्धारकर्मीले तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टरमार्फत् अस्पताल लगेका थिए। उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ।
तर अन्य दुई जनाको अवस्था भने चार घण्टा पछि शव फेला परेको थियो। पौडी खेल्न गएका उनीहरु दलदलमा भासिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्थानीय सञ्चार माध्यमले आफन्तलाई उद्धृत गर्दै निधन हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको उल्लेख गरेका छन्।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए। पौडी खेल्न गएकाहरु हराएपछि शुक्रवार राति साढे सात बजे आपतकालीन सेवामा खबर गरिएको थियो।