काठमाडौं। चर्चित गायिका जितु लोप्चन र गायक एंव सङ्गितकार निरोज लामाको आवाजमा रहेको “एदा म्हङरी“ बोलको गीत बजारमा आएको छ। तामाङ आधुनिक गीत काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
’तामाङ आधुनिक साङगितिक क्षेत्रमा नयाँ प्रेम गीत लिएर आएको र दर्शकले मन पराउनेमा विश्वस्त छु ।’ गायिका लोप्चनले बताइन्। गीतमा सञ्चारकर्मी एंव गीतकार विवेक लोप्चनले शब्द लेखेका हुन भने गायक एंव सङ्गितकार निरोज लामाले सङ्गित र एरेज गरेका हुन्।
तामाङ समुदायकी चर्चित गायिका जितु लोप्चन र उनै गायक निरोज लामाको आवाज रहेको गीतको भिडियो विभिन्न रमणीय स्थलमा छायाङ्कन गरेका हुन्। भिडियोलाई बासु न्यौपानेले छायाङ्कन र ड्रोन, दिपक तामाङले सम्पादन,स्वंय दिपक तामाङ र बुद्ध लामाले निर्देशन गरेका हुन्। भिडियोमा मोडल रिक लामा र निराञ्जली लामाको अभिनय रहेको छ ।