काठमाडौं, २० पुस। नायिका ऋचा शर्मालाई मातृशोक परेको छ। ऋचाकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार रीनादेवी लामो समयदेखि बिरामी थिइन्। नायिका ऋचा शर्माले गत मंसिरमा बिहे गरेकी थिइन्। त्यतिबेला पनि रीनादेवी बिरामी थिइन्। ऋचालाई आमाले बिहे गर्न आग्रह गरेकी थिइन्। रीनादेवीलाई शनिवार आर्यघाटमा दाहसंस्कार गरिएको छ।