जुम्लाबासी निगालाको सामाग्री बनाउँदै

pic
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने\ जुम्ला, २० पुस । जुम्लाको तिला गाउँपालिका रारा लिहि र हिमा गाउँपालिकाका स्थानीयले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन्। पेस नेपालको सहयोगले स्थानीय स्तरमै उत्पादन हुने निगालो बाँसबाट दैनिक प्रयोगमा आउने डोको, नाङलो, मुडा, टोकरी, डालो लगायतका सामग्री बनाउन थालेका हुन्।

घरायसी प्रयोगमा आउने सामाग्रीको अध्ययन गर्नको लागि एक महिने तालिम दिएका हौं तालिमबाट स्थानीयले राम्रो काम गरेको र उनीहरुलाई व्यवसायमा कुनै कुराको सहयोग गर्न आफू र आफ्नो संस्था तयार भएको संस्थाका अध्यक्ष किशोर न्यौपानेले बताए।

नेपालगञ्ज, सुर्खेतबाट आयात हुने गरेको मुढा, दराज, कुर्सी, डोका र नाङ्लो जस्ता सामग्री गाउँमै उत्पादन हुन् थालेपछि स्थानीयको जीवनस्तरमा सुधार आउने हिमा गाउँपालिका ६ का जनकबहादुर रोकायाले बताए। गाउँमै सामग्री निर्माण हुन् थालेपछि उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्