काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक तीन साता पर सारिएको छ। यसअघि यही पुस २३ गते राख्ने भनिएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्नेगरी सारिएको हो।
आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो। राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा नेताहरूले बताएका छन्।
आजै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ। यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदै छ। यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो।