प्रदेश ३ को नाममा विवाध, माइतीघरमा प्रदर्शन

Bagmati
लाेकपाटी न्यूजकाठमाडौं। प्रदेश नम्बर ३ को नाम वाग्मती राख्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोधमा प्रदर्शन भएको छ। विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा आज काठमाडौंको माइतीघरमा विरोध कार्यक्रम गरेका हुन्। वाग्मती नामले प्रदेश ३ को पहिचानलाई सम्बोधन नगर्ने भन्दै उनीहरुले नेकपाको उक्त निर्णय सच्याउन माग गरेका छन्। प्रदेश […]
लाेकपाटी न्यूज

काठमाडौं। प्रदेश नम्बर ३ को नाम वाग्मती राख्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोधमा प्रदर्शन भएको छ। विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा आज काठमाडौंको माइतीघरमा विरोध कार्यक्रम गरेका हुन्।

वाग्मती नामले प्रदेश ३ को पहिचानलाई सम्बोधन नगर्ने भन्दै उनीहरुले नेकपाको उक्त निर्णय सच्याउन माग गरेका छन्। प्रदेश नम्बर ३ को नाम यहाँको ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी ‘नेवा: ताम्सालिङ’ राख्न उनीहरुले माग गरे। नेकपा सचिवालयले प्रदेशको अधिकार मिचेर राखेको नाम आफूहरुलाई मान्य नहुने उनीहरुले बताए।

प्रदेश नम्बर ३ को नाम वाग्मती राखिनुले सरकार पञ्चायतकालीन युग तर्फ अघि बढिरहेको उनीहरुको आरोप छ। यता, केही दिनमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको छ। नेकपामा प्रदेशको नाम र राजधानीको विषयमा सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अन्यौलमा परेको बताइन्छ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको थियो। तर प्रदेश सांसदहरुले भने केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। नेकपाकै प्रदेश सांसदहरु वाग्मती नाम र हेटौंडालाई राजधानीमा विमती जनाइरहेका छन्। उपत्यकाका सांसदहरू प्रदेश ३ को नाम नेपालमण्डल राख्नु पर्ने अडानमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्