काठमाडौं, २१ पुस। सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान (रेकर्ड) कायम गरेको छ। नेपाली बजारमा आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो ।
छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो। सोमबार तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।
पछिल्लो समय भारतीय रुपैयाँ (भारु) डलरको तुलनामा कमजोर हुँदै गएपछि सुनको मूल्य बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुका अनुसार सुनको मूल्य अझै बढ्न सक्छ।