क्रोएसियाको राष्ट्रपतिमा मिलानोभिक निर्वाचित

New_President_of_Crotia pic
लाेकपाटी न्यूज

काठमाडौं। क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन्। राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट मिलानोभिक निर्वा्चित भएका त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

उनी सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म क्रोएसियाको प्रधानमन्त्री थिए। आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वा्चित भएको बताएका हुन्। आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने २ जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो ।

राष्ट्रपतिमा निर्वा्चित भएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्या्टिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो। उनीसँग प्रतिश्पर्धा गरेकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्या्टिक युनियन (एचडीजेड)को समर्थन रहेको थियो ।

मतदानका लागि योग्य करिव ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ। क्रोएसियामा हरेक पाँच–पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्