काठमाडौं, २२ पुस। चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्ना चिनियाँ समकक्षी झाओ केझीलाई भादगाउँले टोली लगाई दिएका छन्। चीनको गृहमन्त्रालयमा सोमबार भएको भेटमा बादलले उपहारमा झाओलाई टोपी पहिराई दिएका हुन्।
चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन्। भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र नेपाल प्रहरीका डीआईजी सूर्यप्रसाद उपाध्यायलगायत छन्। गृहमन्त्री थापा नेतृत्वको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ।