राजेन्द्र बिक/ बाजुरा, २२ पुस। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना विद्यालयमा सिसिक्यामरा जडान गरिएको छ। सिसि क्यामरा जडान गरिएपछि विद्यालय जिल्लाकै पहिलो सिसिक्यामरा जडित सामुदायिक विद्यालय बनेको छ।
शैक्षिक सुधारका लागि केही न केही नयाँ सिर्जनात्मक काम गर्दै आएको विद्यालयले नमुना विद्यालय कार्यक्रम अन्तर्गत २ लाख बराबरको लगानीमा विद्यालयका १६ ओटा कक्षा कोठालाई केन्द्रीत गरी सिसिक्यामरा जडान गरेको हो।सिसिक्यामरा जडान भएपछि विद्यालयमा हुने गतिविधि निगरानी गर्न सहजता भएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताए।
१९ सय विद्यार्थी रहेको विद्यालयमा पहिले विद्यार्थीले कक्षा कोठामा थुक्ने र फोहोर गर्ने झै-झगडा गर्ने चल्ने धेरै थियो। कन्ट्रोल गर्न गाह्रो हुन्थ्यो अहिले यी सबै गलत गतिविधि शून्य भएका छन्। शिक्षकहरु पनि पहिला भन्दा बढी उत्तरदायी भएर शैक्षिक क्रियाकलापमा सक्रियतापूर्वक लागिरहेका छन्।
हामी सबैलाई जिम्मेवार बनाउन सिसिक्यामराले थप बल पु¥याएको प्राचार्य पाध्यायको भनाइ छ। सुदूरपश्चिमका नमुना विद्यालय भित्र पर्ने यो विद्यालयले बालबालिकाको शैक्षिक सुधारका लागि गरेका रचनात्मक कार्यले अरु विद्यालयलाई पनि नमुना बन्न तर्फ प्रेरित गरिरहेको छ।
यो भन्दा अगाडि जिल्लामा नाम चलेका प्राइभेट बोर्डिङ स्कूलमा मात्र सिसिक्यामरा जडान गरिएको थियो। अहिले मालिका नमुना (सामुदायिक )विद्यालयमा पनि सिसिक्यामरा जडानले बालबालिकाको खेल्दै सिक्दै को वातावरण लाई थप प्रभावकारी बनाउने सरोकारवालाहरुले बताउने गरेका छन्।