काठमाडौं, २२ पुस । कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुुर निराला खड्का न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाएका छन्। रासस