महेश सिंह/ सिरहा, २३ पुस। सिरहाको नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेको छ।गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्यय सार्वजनिक गरेको हो।
गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीसहित विपक्षी नेपाली काँग्रेस लगायतले आर्थिक पारदर्शीताको माग गर्दै आन्दोलन गर्दै आएका थिए। गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरिएको र कुनै प्रकारको अनियमितता नगरेको दाबी गरे। अध्यक्ष यादवले भने, ‘कुनै प्रकारको अनियमितता भएको छैन्। खर्चको विवरण सार्वजनिक गरेको छु। तर विपक्षीहरु बैंक स्टेटमेण्ट लगायतका अनावश्यक बहानामा आन्दोलन गरिरहेका छन् ।’
‘विपक्षीहरुले पारदर्शीको माग गर्दै आएका छन्। हामीले आज पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गरेका छौं,’ गाउँपालिका अध्यक्ष यादवले बताए। आर्थिक वर्ष २०७४र०७५ मा २१ करोड ९६ लाख १ हजार ८४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९७८ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गगरिएको हो।
यस्तै आर्थिक वर्ष २०७५र०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सुमित्रा लामाले बताइन्। चालू आर्थिक वर्ष २०७६र०७७ को ६ महिना बित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन्। चालू आर्थिक वर्ष २०७६र०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपैयाँ विनियोजन भएको छ।