एजेन्सी। एसियाली बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। २.५ प्रतिशतले तेलको मूल्य बढेको हो। अब ६९.९४ डलर प्रति ब्यारलको स्तरमा पुगेको छ।
इराकमा अमेरिकी सैन्य ठेगानामा इरानले मिसाइल हमला गरेसँगै कच्चा तेलको मूल्य बताइएको छ। यो मूल्यबृद्धि मध्य पूर्वबाट तेलको सप्लाई बन्द हुने आशंकामा भएको हो। भारतमा विशेषगरि मध्यपूर्वका देशबाट धेरै तेल आउने गरेको छ जसमा इराक पहिलो नम्बरमा रहेको छ।
त्यसपछि साउदी अरब, ओमान र केवेत रहेका छन्। नेपालले भने भारतबाट तेलको आयात गर्दै आएको छ। यससँगै सुनको मूल्यपनि बढेको छ। सेयर बजारमा पनि नकारात्मक असर देखिएको छ। अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेसँगै इरानले इराकमा रहेको अमेरिकी दुई सैन्य अखडामा मिसाइल आक्रमण गरेको हो।