एजेन्सी। नासाको टेस मिसनले पहिलो प्रशंसनीय खोज गरेको छ। ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे सेटेलाइट अभियान ‘टेस मिसन’ले पृथ्वी जतै ग्रह पत्ता लगाएको छ। उक्त ग्रहमा जीवनको सम्भावना रहेको वैज्ञानिकहरुले बताएका छन्। नासाका अनुसार उक्त ग्रह एक सय लाइटवर्ष टाढा छ।
अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको २ सय ३५ औं वैठकमा नासाले सोमबार टेस मिसनको पहिलो खोज सार्वजनिक गरेको हो। उक्त ग्रहको नाम टीओआइ ७०० नाम दिएको छ। अमेरिकाको होनोलुलु हवाईमा गत सोमबार अमेरिकन खगोलविधहरुको समाजका लागि नासाको जेट प्रपुलेशन लाइब्ररीले जारी गरेको एउटा विज्ञप्तिमा यस ग्रहको बारेमा खुलाइएको छ।
ताराहरु बाहेक केवल ग्रहहरुको अवस्थितिलाई टेसले पहिचान गर्दछ, शुरुवात दिनमा ताराहरुलाई नै ग्रह मानेर झुक्किएको टेस भूउपग्रहले अब भनें स्पष्ट ग्रहहरु चिन्न थालेको छ। सन् २०१८ मा लन्च गरिएको टेस अघि चाँही केल्पर स्पेस टेलीस्कोपको प्रयोगले नयाँग्रह पत्ता लगाइन्थ्यो, यस टेलीस्कोपले पनि धेरै ग्रहहरुको पत्तो लगाएको हो यद्यपी अहिले टेसले पत्ता लगाएको ग्रह भने अहिलेसम्मकै सर्वाधिक अनुकुल मानव बसोवासको ग्रह हुन सक्दछ।
टीओआई ७०० तारालाई परिक्रमा गर्ने ३ वटा ग्रह्हरुलाई टेसले पत्ता लगाएको हो जस्मा टीओई ७०० बी, सी र डि ग्रहहरु हुन्, केवल टीओआई ७०० डि मात्र पृथ्वीसँग मेल खाने खाल्को छ। टीओई तारा चाँही सूर्यको आधा जति र सूर्य भन्दा आधा नै कम तापक्रम भएको हुनसक्ने अनुमान छ। यस ग्रह टीओई ७०० डि ले केवल ३७ पृथ्वी दिनमा आफ्नो ताराको परिक्रमा गर्दछ। यस ग्रहका बारेमा अध्ययन चलिरहेको छ।