आज बाेल्दिनँ, भाेलि जवाफ दिन्छु

us n iran pic
लाेकपाटी न्यूज

काठमाडौं। इरानको मिसाईल आक्रमणपश्चात अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा सुरक्षा तैनाथी बढाइएको छ। इराकस्थित दुई अमेरिकी सैन्य अखडामा इरानको मिसाईल आक्रमणपश्चात ह्वाइटहाउसमा सुरक्षा तैनाथी बढाइएको हो।

राष्ट्रपति भवन वरीपरी साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन्। कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको सीएनएनले जनाएको छ। उता इरानले मिसाइल आक्रमणपछि अमेरिकाले थप आक्रमण गरे अमेरिकाभित्रै छिरेर आक्रमण गर्ने सार्वजनिक घोषणा गरेको छ।

इरानको यस्तो चेतावनी र आक्रमणपश्चात सुरक्षा शतर्कता भन्दै ह्वाइट हाउसमा थप फौज तैनाथ गरिएको हो। इरानको आक्रमणपश्चात सैन्य तथा कुटनीतिक अधिकारीमार्फत् ब्रिफिङ सुनिरहेका डोनाल्ट ट्रम्पले केहीबेरमा सार्वजनिक सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको जवाफ स्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो। आक्रमणपछि अमेरिका र इरान आमनेसामने देखिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्