काठमाडौं, २३ पुस। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रम र श्रमिक बैक खोलिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापना गर्ने बताए।
मन्त्री यादवले तीन महिनाभित्र अध्ययन सक्ने र श्रमिक बैंकको स्थापना गरेर देशभरीका श्रमिकलाई बैंकमा जोडेर रोजगारी प्रदान गर्ने योजना रहेको बताए। श्रमिक बैंकमा सबै श्रमिक जोडिन सक्छन्। बैंकमार्फत् श्रमिकलाई सीप प्रदान गर्न सातै प्रदेशमा सीप विकास तालिम केन्द्र सञ्चालन गर्ने सकिन्छ।
उनले भने, बैंकमा जोडिएका श्रमिकले आफूले चाहेको आफ्नो इच्छा र चाहना अनुसारको रोजगारी छनोट गर्न पाउँछन्। सरकारले विगतदेखि नै श्रम र श्रमिक बैक खोज्ने योजना अघि सारेको थियो। अब केही महिना भित्र त्यो काम पूरा हुनेछ।