भक्तपुरलाई प्रदेश तीनको राजधानी तोक्न माग

pradesh sava 3 pic
लाेकपाटी न्यूज

हेटौंडा, २३ पुस । प्रदेश नम्बर ३ को राजधानी र नामाकरणबारे प्रदेशसभामा आज छलफल भएको छ। प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ।

छलफलको आरम्भमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारे। नेकपा सचिवालय बैठकले प्रदेशको नाम राजधानी र राजधानी हेटौंडा कायम राख्न निर्देशन जारी गरे पनि नेकपा प्रदेशसभा सदस्य थापाले भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउनुपर्ने तर्क गरेका हुन्।

उनले भक्तपुर प्रदेश ३ का १३ वटै जिल्लाको केन्द्र रहेको दावी गर्दै शिक्षा मन्त्रालयको अधिनमा सानोठिमीमा रहेको करिब दुई सय रोपनी जग्गा र त्यहाँ रहेका शैक्षिक कार्यालयका भवनहरु प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए। उनले कृषि विकास तालिम केन्द्रको भवनलाई प्रदेशसभा भवन बनाउन सकिने भन्दै हेटौंडालाई राजधानी बनाउन उपयुक्त नहुने तर्क गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्