युक्रेनी जहाज दुर्घटनामा कुन देशका नागरिक कति परे ?

BIman_accidant
लाेकपाटी न्यूज

एजेन्सी। आज बिहान इरानमा भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा परेका मृतकको परिचय खुलेको छ। १६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७/८०० जहाज आज बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।

जहाज दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन्। युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको थियो।

युक्रेन इन्टरनेशनल एयरलाइन्सले पत्रकार सम्मेलन गर्दै जनवरी ६ मा मात्रै जहाज जाँचेको र कुनै पनि कमजोरी नदेखिएको बताएको छ। गुनासो नआएको बताएका छन्। बोइङले उक्त जहाज सन् २०१६मा एयरलाइन्सलाई हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्