काठमाडौं। इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल आक्रमण गरेरिएको छ। इरानी जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि त्यसको बदला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो।
इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हमलापछि हवाइ अड्डाका केही तस्वीरहरु सार्वजनिक भएका गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार इरानको हमलामा बग्दादमा रहेको अमेरिकाको अल असद ए बेसको कुल ७ भवनमा क्षति पुगेको छ।
यसका केही यस्ता भवन रहेका छन् जसमा सबैभन्दा धेरै नोक्सान भएको छ र त्यो स्याटेलाइट तस्वीरमा पनि देखिएको छ। प्लानेट ल्याब इंकको तर्फबाट उक्त एयरबेसको दुई स्याटालाइट तस्वीर सार्वजनिक गरिएको छ। जसले इरानी मिसाइलले गरेको असर देख्न सकिन्छ।