जनकपुर, २४ पुस। जनकपुर उपमहानगरपालिकाका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गर्दै शुक्रबार ‘पेन डाउन’ गर्ने घोषणा गरेका छन्। गत मंगलबार पत्रकार र नगरप्रमूख लालकिशोर साहबीच भएको कुटपिटको विषयलाई लिएर कर्मचारी आन्दोलित बनेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले शुक्रबार हातमा कालोपट्टि बाँधी ‘पेन डाउन’ गर्ने घोषणा गरेको हुन्।
उपमहानगरपालिकाका कर्मचारी इकाई एसोसिएसन समितिले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टि बाँधेर पेन डाउनको घोषणा गरेको हो।
त्यस्तै, बुधबार नेपाल पत्रकार महासंघ धनुषाले भने नगरप्रमूख लालकिशोर साहकै निर्देशनमा सञ्चारकर्मीहरूमाथि कुटपिट भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।