एजेन्सी। अमेरिकाविरुद्ध थप आक्रमण गर्ने इरानी सेनाका एक उच्च कमाण्डरले चेतावनी दिएका छन्। इरानी सरकारी टेलिभिजनमा बोल्दै इरानी सैन्य कमाण्डर अमिर अली हाजिजादेहले ‘कासिम सुलेमानीको हत्याको बदलामा मध्यपूर्वमा तैनाथ अमेरिकी सेना लखेटेरै छाड्ने’ चेतावनी दिए हुन्।
इराकस्थित अमेरिकी फौजका दुई सैनिक क्याम्पलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि हाजिजादेहको भनाइ सार्वजनिक भएको हो । सुलेमानी इराकको राजधानी बग्दादमा एक साताअघि अमेरिकी सेनाको ड्रोन आक्रमणमा मारिएका थिए ।
हाजिजादेहले यसअघि अमेरिकी सेनालाई लक्षित गरी २० भन्दा कम क्षेप्यास्त्र प्रहार गरिएको बताए । उनले भने, ‘इरानले आवश्यकताअनुसार सयौं वा हजारौं क्षेप्यास्त्र प्रहारको तयारी गरिरहेको छ ।’