काठमाडौं। गुगल विश्वको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इञ्जिन हो। गुगल सफल भएपनि यसका केही असफल प्रोडक्टहरु पनि छन्। यी ६ असफल प्रडक्ट जुन आज हामी आज चर्चा गर्दै छौं।
गुगल ग्लास
अगमेन्टेड रियालिटी (एआर) मा आधारित गुगल ग्लास सन् २०१३ मा सार्वजनिक भएको थियो। यसको मूल्य १५ सय डलर तोकिएको थियो। भविष्यलाई ध्यान राखेर निर्माण गरिएको गुगलको यो प्रोडक्ट असफल भयो।
गुगल एन्सर्स
गुगलको यो प्रोडक्ट कोरा जस्तै हो । कुनै प्रयोगकर्ताले यसमा प्रश्न सोधेमा त्यसको उत्तर थाहा पाएका प्रयोगकर्ताले त्यसको उत्तर दिने । गुगल एन्सर्समा उत्तर दिने प्रयोगकर्तालाई रिवार्डको पनि व्यवस्था गरिएको थियो। राम्रो अवधारणा हुँदा पनि गुगलको यो प्रोडक्ट असफल भयो र गुगलले यसलाई बन्द समेत गरिसकेको छ।
गुगल नेक्सस क्यु
गुगल नेक्सस क्यु मिडिया प्लेयर हो । गुगलले यसलाई सन् २०१२ मा सार्वजनिक गरेको थियो । यसको मूल्य तीनसय डलर तोकेको थियो । पछि गएर क्रोम कास्टले यसलाई रिप्लेस ग¥यो । किनकी क्रोम कास्ट प्रयोग गर्नमा सजिलो र सस्तो थियो । यो प्रडक्टलाई पनि गुगलले बन्द गरिसकेको छ ।
गुगल बज
गुगल बज ट्विटर जस्तै थियो । यसमा फोटो भिडियो तथा टेक्स्ट सेयर गर्ने सकिन्थ्यो । यसलाई जीमेलको साथ एकीकृत गरिएको थियो । गुगलको यो प्रोडक्ट पनि असफल भयो ।
गुगल लाइभ्ली
गुगलले सोसल मिडिया र गेमिङलाई मिक्स गरेर गूगल लाइभ्ली प्रडक्ट सन् २००८ मा सार्वजनिक गरेको थियो ।
जसमा थ्रिडी अवतार देख्न सक्ने सुविधा थियो । सार्वजनिक भएको साढे ४ महिनामै यो प्रोडक्ट गुगलले बन्द गरेको थियो ।
गुगल प्लस
गुगलको गुगल प्लसमा पनि अन्य सोसल मिडिया जस्तै फोटो र टेक्स्ट सेयर गर्न सकिने सुविधा थियो । गुगल प्लस सन् २०११ मा सार्वजनिक भएको थियो। गुगल प्लसका डाटाहरु चोरी भएको खुलासा भएपछी गूगलले यसलाई बन्द गर्ने घोषणा गरेको थियो। गुगल प्लसलाई गुगलले बन्द गरिसकेको छ।