एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन्।ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासो पनि व्यक्त गरेका छन्। नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन्।
ओहायोको टोलेडोमा आफ्ना समर्थकसँग ट्रम्पले भने, ‘म तपाईँहरुलाई नोबेल शान्ति पुरस्कारको विषयमा बताउन चाहन्छु। मैले एक देशलाई बचाए र त्यसपछि त्यही देशका प्रमूखलाई नोबेल शान्ति पुरस्कार दिन गइरहेको कुरा थाहा पाएँ, देशलाई बचाए बापत।
त्यसपछि मैले यसबारेमा केही गर्न सक्छु कि भनेर सोचेँ। तर मैले गर्दा नै एउटा ठूलो युद्ध टरेको हो, यसबारेमा कसैलाई थाहा छैन।’ ट्रम्पको यो भिडियो ट्वीटरबाट पनि शेयर गरिएको छ।