जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम

Chori_Program
लाेकपाटी न्यूज

जुम्ला। छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ। कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पुर्‍याएको जानकारी दिइन्।

उनीले भनिन, ‘छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन्। सरकारले थोरबहुत सहयोग गरेर राम्रो गर्‍यो।’ गतसाउन १३ गते छोरी उनीले छोरी जन्मदिएकी थिइन्। नजिकको वडा कार्यालयले छोरीको नाममा बैँक खाता खोलीदिई ५०० खातामा जम्मा गरिदिएको थियो।

उनीले खुशी हुँदै भनिन्, ‘हरेक महिना जम्मा हुने पैसाले छोरी पढाउँछु।’ कार्यक्रम कार्यान्वयनमा आएपछि खाता खोल्न आउनेको सङ्ख्या बढ्दो छ। गाउँपालिकाले छोरीको खाता खोल्न आउने आमाका लागि विशेष प्रथामिकता दिएको छ। बैँकमा आउने महिलालाई खाता खोल्न सहयोग गर्दै आएको कुमारी बैंक कनकासुन्दरी शाखा प्रबन्धक भीमबहादुर धामीले जानकारी दिए।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रममार्फत् मानव विकास सुचकांङमा पछाडी रहेका कर्णालीलाई माथि उठाउन कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए। गरीबी न्यूनीकरण, बालविवाह अन्त्य, शिक्षा पहुँच विस्तारको ध्येय कार्यक्रमले लिएको छ।

चालू आर्थिक वर्षको साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बैंकमा खाता हुने र खातामा गाउँपालिकाले पहिलो महिना एक हजार र बाँकी महिनाको ५०० का दरले पैसा जम्मा गरिदिने नीति लिएको छ। छात्राले माध्यामिक तह उत्तीर्ण गर्नुपर्ने र २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने प्रावधान रहेको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्