आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्छ : चेम्बर अध्यक्ष श्रेष्ठ

chamber rajeshwooo
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस। नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्वसन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश/नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधीसँगको भेटघाट तथा राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागू भएको ४ महिना भित्रै करका दर परिवर्तन हुन नहुने बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानीय प्रदेश तथा संघीयमा दोहोरो र फरक मापदण्ड, भंसार मुल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पूख्र्यौली सम्पत्ति हक स्थानान्तरमा उच्च कर र सम्पत्ति अभिलेखिकरण लगायतमा जोड दिए। उनले नेपालमा संघीयता लागू भएपछि चेम्बर पनि पहिलेको जस्तो एकात्मक संरचनामा रहनु सान्र्दभिक नभई मुलुकको नीति निर्माणमा चेम्बरले गरेको नेतृत्वदायी भूमिका र अभियानमा जोडिन चाहने भएपछि स्थापित अवसरमा आउनु हुँदा राजश्व सम्बन्धी समस्या एंव सुझाव सम्बन्धी आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवशायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवशायलाई प्रबद्र्धन गर्ने बताएका छन्। उनले कर प्रणाली स्वंय कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवशायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले २०७१ सालदेखि नै चर्चामा रहेको भिसिटिएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको उल्लेख गरे। उनले भिसिटिएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् ।

सोहि अवसरमा आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले जिल्ला÷नगर चेम्बर अफ कमर्सका अध्यक्षज्यू तथा पदाधिकारीहरुले उठाउनु भएको प्यान जारी गर्ने अधिार जिल्ला चेम्बरलाई दिने बारे गृहकार्य गरेर माथिल्लो निकायमा पु¥याउने बताए । साथै कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नु पर्ने, करको लागत, दूरी र समय घटाउन कर कार्यालयहरु बढाउने वा कारदनाता सेवा कार्यालयको स्तरोन्नती गरी आन्तरीक राजश्व कार्यलय गर्ने तर्फ सोच भइ रहेको बताए। कर चुक्ता प्रणाली पूर्ण अपरेसनको माध्यमद्धारा लिन सकिने प्रयोगकर्ता मैत्रि भैसकेको बारेमा प्रचार प्रसार जरुरी रहेको बताउँदै कर कायाृल्य सम्म जानुनपर्ने स्थितीको सृजना गर्ने तर्फ विभाग लागि रहेको बताए।

भन्सार विभागका निमित्त महानिर्देशक श्याम प्रसाद भण्डारीले वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डिजिटल हुने क्रममा निकै अगाडि बढी सकेको र यसको लागि व्यापार सहजीकरण गर्न आफू तैयार रहेको बताए। यस अघि आज बिहान चेम्बरले वाका थोन कार्यक्रम गरेको थियो । ३ सय ५० जना सहभागि वाका थोन चेम्बर भवन जमलदेखि बसन्तपुर, न्यूरोट रत्नपार्क हुदै पुनः चेम्बर भवन पुगि सम्पन्न भएको थियो। चेम्बरले वाका थोन पछि आज बिहानै चेम्बर भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्